लमही नगरपालिका प्रमुख / उपप्रमुखद्वारा इद–उल–फित्रको शुभकामना

दाङ समाचार
दाङ समाचार २९ चैत्र २०८०, बिहीबार
1 Min Read
Aa

दाङ – लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरी र नगर उपप्रमुख लक्ष्मी योगीले इस्लाम समुदायको पवित्र पर्व ईदुल फित्रको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका इस्लाम धर्मावलम्बी दाजुभाइ तथा दिदीबहिनीहरुमा शुभकामना व्यक्त गर्नुभएको छ ।

रमदानको रोजा पूरा गरी ईदुल फित्र मनाइरहनु भएका इस्लामिक समुदायका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा शुभकामना व्यक्त गर्दै नेपाल बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषतायुक्त सुन्दर देश भएको भन्दै यस्ता विशेषताहरू यहाँ मौलिक पूँजीको रुपमा रहेका नगर प्रमुख जोगराज चौधरीले बताउनु भएको छ ।

त्यसैगरी नगर उपप्रमुख लक्ष्मी योगीले शुभकामना सन्देशमा एकता र सहिष्णुताको यस पूँजीलाई समृद्ध देश निर्माणमा सदुपयोग गर्नुपर्ने उल्लेख गर्नुभएको छ । यस पर्वले सबै नेपालीहरू बीच आपसी एकता, मित्रता, सहयोग र सद्‌भाव अभिवृद्धि गरी समृद्ध समाज निर्माण गर्न मद्दत पुगोस् भन्ने कामना व्यक्त गर्नु भएको छ ।

लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटाले यो पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास लिएको बताउनु भयो। ‘लोकतन्त्रको स्थापना र पुनस्र्थापनाका लागि विगतमा भएका हरेक लोकतान्त्रिक आन्दोलनमा इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइको महत्वपूर्ण योगदान रहँदै आएको उहाँको भनाई छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्