पानीको दहमा डुबेर एकै घरका दुई बालिकाको मृत्यु

दाङ समाचार
दाङ समाचार ३१ असार २०८१, आईतवार
1 Min Read
Aa

दाङ – स्याङ्जाको पुतलीबजार नगरपालिका–४ मा पानीको दहमा डुबेर आइतबार एकै घरका दुई बालिकाको मृत्यु भएको छ । पुतलीबजार–४ रामकोष स्वाराका नरेन्द्रबहादुर थापाका छोरीहरु १४ वर्षकी लक्ष्मी थापा र १२ वर्षकी सुस्मिता थापाको दहमा डुबेर मृत्यु भएको हो ।

लक्ष्मी ९ कक्षा र सुस्मिता ५ कक्षामा पढ्छिन् । घरदेखि ५०० मिटर टाढा रहेको पधेँरोमा नुहाउन र लुगा धुन गएका बेलामा दहमा डुबेका जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्