दाङ -लमही नगरपालिका- ५ बसन्तनगरको सडक बाटोमा परेका खाल्डाखुल्डी अब छिट्टै पुरिने भएको छ । आज सोमबार लमही नगरपालिकाका नगर उपप्रमुख लक्ष्मी योगीले त्यहाँ पुगेर स्थानीयसंग कुराकानी गर्दै हिडडुल गर्न समस्या बनाई रहेका खाल्डाखुल्डी पुरिने बताउनु भएको हो ।
साथै नगर उपप्रमुख योगीले अन्य समस्याका बारेमा पनि लमही नगरपालिका-५ बसन्तनगरका स्थानीयसंग छलफल गर्नु भएको छ । सडक बाटो बिग्रदा आवतजावतमा समस्या भएको भन्दै बसन्तनगरका बासिन्दाले नगरपालिका पुगेर गुनासो राखेको भन्दै आफु त्यहाँ पुगेर त्यहाँको बस्तुस्थित के रहेछ भनेर टोल विकास समितिका पदाधिकारीसंग भेटघाट गरेको नगर उपप्रमुख योगीले बताउनु भयो ।
ठाउँठाउँमा खाल्डाखुल्डी परेका त्यसैमा पानी जमेर हिड्डुल गर्न असहज रहेछ, त्यो सबै हेरेर म फर्किएकी छु विपत व्यवस्थापन शाखालाई त्यस ठाउँमा रहेका खाल्डाखुल्डीमा छिटोभन्दा छिटो ग्रेवल हाल्नुस भनेर निर्देशन दिएको उहाँले भन्नु भयो । त्यति गरेपछि तत्कालको लागि समस्या साधान हुन्छ बाँकी पछि गर्दै गरौँला”- नगर उपप्रमुख योगीले भन्नु भयो ।
केहि दिन अघि आएको अविरल वर्षातले नगरका धेरैजसो ठाउँमा क्षति पुर्याएको छ, हामीले स्थलगत निरीक्षण गरेका छौं, यथार्थ विवरण पठा उनुस भनेर वडा कार्यालयलाई पनि भनेका छौँ” र ति विवरण आए भने त्यसै अनुरुप व्यवस्थापनको काम गरिनेछ उहाँले भन्नु भयो ।
लामो समयदेखि सडक बाटो बिजुली बत्तिको समस्या झेल्दै आएका बसन्तनगर टोलका स्थानीयले यो बारेमा पनि पहल गरिदिन लमही नगरपालिकाका नगर उपप्रमुख योगीलाई आग्रह गरेका छन ।
लमही नगरपालिकाका विपत व्यवस्थापन शाखा प्रमुख गायत्री थापाले तत्काल बसन्तनगरको सडकमा भएका खाल्डाखुल्डी पुरिने बताउनु भयो । नगरपालिकाका जेसिवी, टिप्पर वा ट्याक्टर खालि हुना साथ काम अगाडी बढ्ने उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्