पर्सा जिल्लाबाट मात्रै तीनजना सांसद सङ्घीय सरकारको मंत्री बन्न सफल

दाङ समाचार
दाङ समाचार ३२ असार २०८१, सोमबार
1 Min Read
Aa

दाङ – पर्सा जिल्लाबाट मात्रै तीनजना सांसद सङ्घीय सरकारको मंत्री बन्न सफल भएका छन । पर्साको प्रतिनिधिसभाको निर्वाचन क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ निर्वाचित सांसद प्रदीप यादव खानेपानीमन्त्री नियुक्त भएका छन।

क्षेत्र नं २ बाट प्रत्यक्षतर्फ निर्वाचित भएका सांसद अजयकुमार चौरसिया कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा नियुक्त भएका छन। प्रतिनिधिसभाको निर्वाचन क्षेत्र नं ३ बाट प्रत्यक्षतर्फ निर्वाचित राजकुमार गुप्ता सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको नियुक्त भएका छन।

छुट्टाछुट्टै राजनीतिक पार्टीबाट सांसद बनेका तीनजना सङ्घीय सरकारको मन्त्री पदमा नियुक्त भएका हुन । सांसद यादव जनता समाजवादी पार्टीको तर्फबाट, सांसद चौरसिया नेपाली कांग्रेस र सांसद गुप्ता नेपाल कम्युनिष्ट पार्टी (एमाले)को तर्फबाट प्रतिनिधित्व गरेका छन ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्