चितवनको सिमताल बस दुर्घटना अपडेट:- हालसम्म १४ शव भेटिए

दाङ समाचार
दाङ समाचार १ श्रावण २०८१, मंगलवार
1 Min Read
Aa

दाङ – नारायणी नदीमा सोमबार थप ९ शव भेटिएका छन । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार सोमबार विनयी त्रिवेणीस्थित गण्डक ब्यारेजको पुल आसपास ६ वटा शव भेटिएका हुन् । त्यस्तै सुस्ता ४ मा एउटा, भरतपुर सिसुवारमा एउटा र मध्यविन्दु भुताहामा एउटा शव फेला परेको हो ।

सोमबार भेटिएका ९ मध्ये एउटा शवको सनाखत भएको छ भने एउटाको पहिचान मात्रै भएको छ । सुदिप विकको शव उनका बुबाले सनाखत गरेका हुन् भने पहिचान भएको फिरोज राहुप मियाको परिवारले सनाखत गर्न बाँकी छ ।

सिमतालको पहिरोमा परी गत शुक्रबार दुईवटा बस त्रिशूली नदीमा बेपत्ता भएका थिए । जसमा ६५ यात्रु भएको पुष्टि भएको छ । हालसम्म १४ शव फेला परे पनि ७ वटाको मात्रै सनाखत भएको छ । बसमा रहेकामध्ये तीन जना पौडिएर बाहिर निस्किएका थिए ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्