दाङ – सरकारमा सामेल हुनासाथ लोकतान्त्रिक समाजवादी पार्टी विभाजनको सँघारमा पुगेको छ । लोसपाका अध्यक्ष महन्थ ठाकुरले सरकारमा वरिष्ठ नेता शरतसिंह भण्डारीलाई पठाएपछि पार्टीभित्र असन्तुष्टि चर्किएको हो । असन्तुष्ट पक्षले पार्टी विभाजनको तयारी गरिरहेको स्रोत बताउँछ ।
स्रोतका अनुसार लोसपाका नेता तथा सहअध्यक्ष सर्वेन्द्रनाथ शुक्लाले यसको नेतृत्व गरिरहेका छन् । लोसपाका महासचिव मुकेश झाका अनुसार पार्टी विभाजन हुने अवस्थामा पुगिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्