केपी ओलीलाई राप्रपाले विश्वासको मत नदिने

दाङ समाचार
दाङ समाचार ५ श्रावण २०८१, शनिबार
1 Min Read
Aa

दाङ – नेपाली कांग्रेस – नेकपा एमाले सहित मिलेर बनेको केपी ओलीको सरकारलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विश्वासको मत नदिने भएको छ । राप्रपा निर्देशक समितिको शनिबार बसेको बैठकले विश्वासको मत नदिने निर्णय गरेको हो ।

जबकी कांग्रेस र एमालेबीच भएको सातबुँदे सहमतिलाई राप्रपाले सकारात्मक भनेको थियो । नयाँ सरकारलाई प्रारम्भिक रुपमा सकारात्मक हिसाबले लिएको भएपनि तत्पश्चातका सम्पूर्ण गतिविधिको विश्लेषण गरेर विश्वासको मत नदिने निर्णय लिएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले भोलि आइतबार प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यसूची छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्