लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य बन्ने

दाङ समाचार
दाङ समाचार ७ श्रावण २०८१, सोमबार
0 Min Read
Aa

दाङ – एमालेले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई अघि सारेको छ । यसअघि एमाले संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री बन्ने पक्कापक्कीजस्तै भए पनि एमाले केन्द्रको निर्देशनमा आचार्यलाई अघि बढाइएको हो ।

एमाले प्रदेश संसदीय दलका प्रमुख सचेतक तुलसीप्रसाद चाैधरीले आचार्य मुख्यमन्त्री बन्ने पुष्टि गरे । ‘पार्टीले आचार्यलाई मुख्यमन्त्रीमा अघि सारेको छ,’ उनले भने, ‘अब आचार्य नै मुख्यमन्त्री बन्नुहुन्छ ।’

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्