दाङ – नागरिक उन्मुक्ति पार्टीले लुम्बिनी प्रदेश संसदीय दलकाे नेता फेरेकाे छ । संसदीय दल नेता धर्मबहादुर चाैधरीलाइ हटाएर राजकुमार चाैधरीलाइ ताेकिएकाे जानकारी संसद सचिवालयमा गराइएको छ ।
बहुमत सदस्य सांसदकाे साेमवार बसेकाे बैठकले राजकुमार चाैधरीलाइ दलको नेता बनाउने निर्णय गरिएको जानकारी गराइएको छ । चाैधरी यस अघि प्रमुख सचेतक थिए ।
प्रमुख सचेतकमा नरमाया ढकाललाई चयन गरिएको छ । ढकाल सचेक थिइन । अहिले साे पार्टीकाे सचेतकमा निर्मलादेवी थारुलाइ चयन गरिएको छ । लुम्बिनी प्रदेशमा नागरिक उन्मुक्ति पार्टीका चार जना सांसद छन ।

प्रतिक्रिया दिनुहोस्