दाङ – मोटरसाइकल दुर्घटना हुँदा देउखुरीमा एक जना गम्भीर घाइते भएका छन । यो घटना आज सोमबार बिहान ९:३० बजेतिरको हो । घाइते हुनेमा अन्दाजी ५० वर्षिय पोक्सर बहादुर सुनार रहेका छन ।
बाँकेको कोहलपुर स्थानीय घर भई हाल दाङको घोराहीमा फर्निचरको काम गर्दै आएका घाइते सुनारका आफन्त सुर्य सुनारले जानकारी दिनु भयो ।
रा ३ प ७११४ नम्बरको मोटरसाइकलमा तुलसीपुर देखि अमिलिया हुँदै लमही तिर आउँदै गर्दा दुर्घटनामा परेका थिए ।
अमिलिया-लमही सडक खण्डको लमही नगरपालिका -८ असानीमा आफैले चलाएको मोटरसाइकल अनियंत्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख राम बहादुर केसीले बताउनु भयो ।
दुर्घटनाबाट गम्भीर घाइते भएका सुनारको लमही अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि जिल्ला बाहिर पठाउने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्