ट्रकको ठक्करबाट एकको मृत्यु, भालुवाङ तनावग्रस्त

दाङ समाचार
दाङ समाचार १५ श्रावण २०८१, मंगलवार
1 Min Read
Aa

दाङ – ट्रकको ठक्करबाट देउखुरीमा एक जनाको ज्यान गएको छ । ज्यान जानेमा राप्ती गाउँपालिका-१ पुल्चोक निवासी अन्दाजी ५० वर्षिय लाेक प्रसाद भट्टराई रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख राम बहादुर केसीले जानकारी दिनु भयो ।

पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको सुपप्र ००१-ख-२७७९ नम्बरको ट्रकले आज बिहान ८ बजे मंगलबार ठक्कर दिएको थियो । ट्रक चालक जोगडा गाउँपालिका -५ बैतडीका अन्दाजी ३०/३५ वर्षिय राम सिंह एरी र ट्रकलाई इलाका प्रहरी कार्यालय भालुवाङले नियन्त्रणमा लिएको छ ।

ट्रकले ठक्कर दिएर मृत्यु भएका भट्टराईका आफन्त र भालुवाङ बजारबासीले अहिले पुर्व पश्चिम तथा भालवाङ प्युठान- राेल्पा सडकखण्ड अबरुद्ध गरेका छन ।

घटनाका दाेषीलाई कडा कारबाही र पिडितलाई उचित क्षतिपूर्तिकाे ग्यारेन्टी नभएसम्म शव उठाउन नदिने स्थानीयकाे माग छ । मृतक भट्टराई भालुवाङमा फलफुल व्यवसाय गर्ने व्यक्ती हुन ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्