दाङ – बाँकेको ढकेरीमा स्कूल बसले पैदलयात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बिहीबार दिउँसो करिब साढे ४ बजेतिर कोहलपुरदेखि ढकेरी तर्फ विद्यार्थीलाई छोड्न आउँदै गरेको ज्ञानपुञ्ज इङ्गलिस बोर्डिङ स्कूलको ना ४ ख ४५७० नम्बरको बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।
मृत्यु हुनेमा राप्ती सोनारी गाउँपालिका – ९ ढकेरी निवासी गोविन्द वली रहेका छन् । साथै बसको ठक्करबाट १३ वटा बाख्रा पनि मरेका छन् ।डिएसपी डाँगीका अनुसार मृतकको शव घटनास्थलमै रहेको छ । मृतकका आफन्तले क्षतिपुर्तिको माग राख्दै अहिले सडकखण्ड अवरुद्ध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्