दाङ – काभा वुमन्स च्यालेन्ज कपमा उत्कृष्ट प्रदर्शन गरेकी नेपाली महिला भलिबल टिमकी खेलाडी निरुता ठगुन्नाको बढुवा भएको छ । उनी एपीएफमा सिपाहीबाट सहायक हवल्दारको पोष्टमा बढुवा भएकी हुन् ।
बढुवा भएकी ठगुन्नालाई सशस्त्र प्रहरी बल नेपाल खेलकुद तथा शारिरीक सुगठन शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक रमेश कुमार पाण्डेले बुधबार दर्ज्यानी चिन्ह प्रदान गरे ।
२०७६ सालमा एपीएफमा लोकसेवामा नाम निकालेर सिपाही बनेकी निरुताले उत्कृष्ट खेल प्रदर्शन गर्दै बढुवा पाएकी हुन् । त्यसअघि उनले ३ वर्ष त्रिभुवन आर्मी क्लबबाट खेलेकी थिइन् ।
यसअघि २२औं सशस्त्र प्रहरी दिवस–२०७९को अवसरमा सरस्वती चौधरीलाई सशस्त्र प्रहरी जवानबाट सशस्त्र प्रहरी सहायक हवल्दार पदमा पदोन्नति गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्