गठ्ठाघर दुर्घटनामा ज्यान गुमाएका पुरुषको सनाखत

दाङ समाचार
दाङ समाचार ३२ श्रावण २०८१, शुक्रबार
1 Min Read
Aa

दाङ – भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट मृत्यु भएका पुरुषको सनाखत भएको छ। उक्त दुर्घटनामा ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–४ घर भएका उत्तम कोइरालाको ज्यान गएको भक्तपुर प्रहरीले जानकारी गराएको छ।

अन्दाजी ४५ वर्षीय कोइरालाको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरिँदै छ। काठमाडौँका कपन बस्दै आएका कोइराला सवार बा.४९ प ८९४४ नम्बरको स्कुटरलाई बिहीबार ना.६ ख २१७३ नम्बरको भाडाको ट्रकले ठक्कर दिएको थियो।

प्रत्यक्षदर्शीहरुका अनुसार ठक्कर दिएपछि चालकलाई ट्रकले केही मिटर लछारेको थियो।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्