दाङ – एकिकृत अखिल नेपाल शिक्षक संगठन राजपुर गाउँपालिका कमिटिले पत्रकार सम्मेलन गर्दै शिक्षा ऐन विपरित गाउँपालिकाका अध्यक्षको एकल निर्देशनमा निमित्त शिक्षक नियुक्त गरिएको धारणा सार्वजनिक गरेको छ ।
विद्यालय व्यवस्थापन समितिको काम, कर्तब्य र अधिकार कुण्ठित हुनेगरी पालिकाले निमित्त प्रधानाध्यापकको जिम्मेवारी तोकेको भन्दै एकिकृत अखिल नेपाल शिक्षक संगठनका ईञ्चार्ज रामवरण यादवले आपत्ती जनाउनु भएको छ । विद्यालयमा तरुणदलका कार्यकर्ता प्रवेश गरेर निमित्त प्रअ खत्री माथि हातपात भएको समेत विज्ञप्तीमा उल्लेख छ ।
विद्यालयमा बढ्दै गएको समस्या तत्काल समाधान गर्न माग समेत राखिएको छ । यस्तै नेकपा माओवादी केन्द्र राजपुर गाउँपालिकाका अध्यक्ष श्यामबहादुर रोका, ईञ्चार्ज चक्रबहादुर खड्का र सचिव बिष्णुप्रसाद यादवले प्रेस विज्ञप्ती जारी गर्दै पालिकाले जारी गरेको पत्र फिर्ता लिन माग राखिएको छ । शिक्षा ऐन विपरित विद्यालय व्यवस्थापन समितिको काम, कर्तब्य र अधिकारलाई कुल्चिएको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्