इनार सफा गर्ने क्रममा दुईजनाको मृत्यु

दाङ समाचार
दाङ समाचार ५ भाद्र २०८१, बुधबार
1 Min Read
Aa

दाङ – तुलसीपुरमा इनारमा फसेर गम्भीर घाइते भएका दुवै जनाको मृत्यु भएको छ। उनीहरु दुवै जनालाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल ल्याए लगतै चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।

बुधबार बिहान १० बजे तुलसीपुर उपमहानगरपालिका – १३ दमागाउँ बस्ने दुर्गा विकको इनार सफा गर्न भनी पसेका दुवै जना निस्कन नसक्दा निसासिएर गम्भीर घाइते भएको थिए ।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका – १३ दमारगाउँका १६ वर्षीय मुकेश विक र ३८ वर्षीय याम बहादुर नेपाली रहेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुर र नेपाली सेना अम्बापुर बेस क्याम्पबाट खटिएको टोलीले उनीहरूको उद्दार गरेको हो। मृतक दुवै जनाको शव राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको प्रहरीले जानकारी दिएको छ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्