दाङ – पत्रकार दशरथ घिमिरे लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यका प्रेस संयोजकका रुपमा नियुक्त हुनु भएको छ । घिमिरेलाई आजदेखि मुख्यमन्त्रीको प्रेस हेर्नेगरी जिम्मेवारी दिएको मुख्यमन्त्रीका स्वकीय सचिव प्रदीप नेपालीले जानकारी दिनु भयो । सचिवालयले प्रेस संयोजकको पत्र थमाएको छ, आजैदेखि उहाँले जिम्मेवारी सम्हाल्नु भएको छ’- स्वकीय सचिव नेपालीले भन्नु भयो ।
नेपाल टेलिभीजन, नयाँ युगबोध राष्ट्रिय दैनिक, देश संचार जस्ता ठुला मिडियामा रहेर लामो समयदेखि घिमिरेले पत्रकारिता गर्दै आउनु भएको छ । यस अघि पनि उहाँ लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्माको प्रमुख स्वकीय सचिव भएर जिम्मेवारी सम्हाली सक्नु भएको छ । प्रेस चौतारी लुम्बिनी प्रदेशका उपाध्यक्ष रहेका घिमिरे हाल नेपाल पत्रकार महासंघ दाङका सहसचिव समेत हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्