चट्याङ लागेर महिलाको मृत्यु

दाङ समाचार
दाङ समाचार १६ भाद्र २०८१, आईतवार
0 Min Read
Aa

दाङ – चितवनको माडीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार माडी नगरपालिका-१ शिकारीपुरमा चट्याङ लागेर ५० बर्षीया सरस्वती महतोको मृत्यु भएको हो ।

गोठमा भैंसीलाई कुडो खुवाउन गएका बेला उनलाई चट्याङ लागेको थियो । महतोको टाउको, ढाड, खुट्टा र शरीरका अन्य भाग जलेको प्रहरीले जनाएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्