धादिङको गजुरीमा पहिरो खसेपछि पृथ्वीराजमार्ग प्रभावित

दाङ समाचार
दाङ समाचार १७ भाद्र २०८१, सोमबार
1 Min Read
Aa

दाङ – धादिङको गजुरीमा पहिरो खसेपछि पृथ्वीराजमार्ग प्रभावित भएको छ । गजुरी गाउँपालिका-६ बेल्खुस्थित सडकमा माथिबाट लेदोसहितको पहिरो खसेपछि सडक एकतर्फी मात्रै सञ्चालन भएको छ ।

बिहान ८ बजे सडकमा लेदो माटो खसेपछि सवारीसाधन आवागमन प्रभावित भएको ‍इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । प्रहरीले दिएको जानकारी अनुसार अहिले सडकमा खसेको लेदो हटाउने काम भइरहेको छ ।

सुरक्षाकर्मी र सडक विभागको टोलीले डोजरको प्रयोग गरेर लेदो हटाइरहेको प्रहरीले जनाएको छ । सडक केही समयमै पूर्णरुपमा सञ्चालन हुनेछ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्