६ हजार नाघ्यो देशभर डेङ्गी संक्रमितको संख्या

दाङ समाचार
दाङ समाचार १८ भाद्र २०८१, मंगलवार
1 Min Read
Aa

दाङ – पछिल्लो समययता डेङ्गीले गति समातेको छ । देशभरि डेङ्गीका बिरामीको सङ्ख्या ६ हजारभन्दा बढी पुगेको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेङ्गी रोगको सङ्क्रमण हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा डेङ्गी रोगको सङ्क्रमण देखिएको छ।

महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहाल अनुसार ६ हजार ३ सय ४७ जनामा डेङ्गी रोगको सङ्क्रमण देखिएको छ। यस्तै, तीन जनाको डेङ्गी रोगको सङ्क्रमणको कारणले निधन भइसकेको छ।

पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुल लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएपछि मानिसलाई टोक्यो भने डेङ्गी रोग लाग्दछ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्