दाङ – उसो त नेपाल प्रहरी भनेको चौविसै घण्टा सुरक्षार्थ तैनाथ हुने पेसा हो । देश र जनताका लागि अहोरात्र खटिने प्रहरीहरु आफु व्यस्त हुँदा हुँदै पनि विभिन्न क्षेत्रमा सक्रिय रहँदै आएका प्रशस्त उदाहरण छन । प्रहरीको उच्च ओहोदामा रहेका प्रहरी अधिकृतहरु कोहि साहित्य लेखनमा चर्चित छन भने कोहि गीत लेखन तर्फ चर्चित छन ।
नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक रवीन्द्र केसी साहित्यकार, प्रहरी नायव महानिरीक्षक दान बहादुर कार्की गीतकार, प्रहरी उपरीक्षक मीन लामा, प्रहरी निरीक्षक भुपेन्द्र बुढाथोकी गीतकारका रुपमा परिचित प्रहरी अधिकृतहरु हुनुहुन्छ । यी प्रहरी अधिकृतहरुले रचेका साहित्य तथा गीत सर्वाधिक चर्चामा छन ।
यस्तै नेपाल प्रहरीका एक उच्च अधिकारीको नाम हो ‘विश्वराज खड्का’ उहाँ काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत हुनुहुन्छ । विद्यार्थी जीवनदेखि नै उहाँले फुर्सदको समयमा चित्र बनाउन शुरु गर्नु भएको थियो । पछि जागिरे भएपछी कहिले पुर्व कहिले पश्चिम जनताको सेवामा दौडधुप बढ्दा समय दिन नसकेको उहाँको भनाई छ ।
प्रहरी उपरीक्षक विश्वराज खड्का अहिले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत हुनुहुन्छ । केन्द्रीय राजधानी काठमाडौँ जस्तो अत्यन्तै व्यस्त शहरमा रहेर पनि आफ्नो खालि समयलाई चित्र बनाउने काममा प्रयोग गरेको बताउनु हुन्छ । यसरी खालि समयमा चित्र बनाउँदा तनावमुक्त हुने उहाँको प्रतिक्रिया छ।
चित्र बनाउने सामाग्री लिएर एकान्तमा बस्दा जिम्मेवारीको बोझ थोरै भएपनि कम भएको महसुस हुन्छ’- उहाँले भन्नु भयो । यो चित्र बनाउने काम आफैमा अर्थपूर्ण छ, आम्दानी पनि राम्रो छ, जागिर पछी पनि यो कामलाई व्यावसायिक रुपमा जोड्न सकिने प्रहरी उपरीक्षक खड्का भनाई छ ।
राम्रा राम्रा चित्र बनाएर अन्तराष्ट्रिय स्तरमा चिनिने सपना थियो, देशकै नामी चित्रकार चिनिन्छु भनेको थिए तर संयोगले प्रहरी भए । अवकास पछि मैले यो कार्यलाई निरन्तरता दिने बिचार गरेको छु’- प्रहरी उपरीक्षक खड्का भन्नु हुन्छ । प्रहरी उपरीक्षक मात्र नभएर एउटा राम्रो चित्रकारको रुपमा आफुलाई चिनाउने प्रयास उहाँको छ ।





प्रतिक्रिया दिनुहोस्