सरुवा हुन नमान्ने कर्मचारी खोज्दै सामान्य प्रशासन मन्त्रालय

दाङ समाचार
दाङ समाचार २४ भाद्र २०८१, सोमबार
1 Min Read
Aa

दाङ – सरुवा भएपछि पनि कर्मचारीहरु तोकिएको ठाउँमा नजाने समस्या बढेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समयमै रमाना नलिएका कर्मचारीको खोजी थालेको छ ।

मन्त्रालयका सचिव भरतमणि सुवेदीले मातहतका अधिकारीहरुलाई रमाना नलिएका सबै कर्मचारीको विवरण तयार गरेर छिटो रमाना लिने वातावरण बनाउन निर्देशन दिएका छन् । अहिले सरुवापछि उपसचिव र सहसचिवहरु समेत समयमै रमाना नलिई पुरानै कार्यालयमै काम गरिरहने समस्या छ ।

मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीका अनुसार अहिले पनि धेरै कर्मचारीले सरुवा गरिएको ठाउँबाट रमाना लिएका छैनन् । यसका कारण कतिपय कार्यालयमा हाजिर हुन गएका कर्मचारीसँग द्वन्द्वको अवस्था समेत छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्