लुम्बिनी प्रदेश सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

दाङ समाचार
दाङ समाचार २६ भाद्र २०८१, बुधबार
1 Min Read
Aa

दाङ – लुम्बिनी प्रदेश सभाको चौथो अधिवेसनको २९ औं बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा प्रदेश मामिला तथा कानून समितिका सभापति दिलकुमारी बुढाले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको प्रतिवेदन सहितको विधेयक पेश गर्ने कार्यसूची छ ।

अघिल्लो प्रदेश सभा बैठकमा निर्णयार्थ प्रस्तुत गर्ने तयारी गरिएको विधेयकलाई पुनः छलफलका लागी प्रदेश मामिला तथा कानून समितिमा पठाइएको थियो । समितिको बैठकले केही थप्नुपर्ने बिषयहरुलाई समावेश गरेर पुनः प्रदेश सभामा पेश गर्ने तयारी गरेको हो ।

प्रदेश सभामा बैशाख ३० गते दर्ता भएको विधेयकलाई दफावार छलफलका लागी समितिमा पठाइएको थियो । बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश विपद् व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची छ ।

यस्तै बैठकमा प्रदेश सभा सदस्यहरुले समसामायिक बिषयमा बिशेष समयमा बोल्ने समेत कार्यसूची तयार भएको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्