लुम्बिनी प्रदेश सभाको ३० औं बैठक आज, यस्ता छन कार्यसूची

दाङ समाचार
दाङ समाचार २७ भाद्र २०८१, बिहीबार
1 Min Read
Aa

दाङ – लुम्बिनी प्रदेश सभाको चौथो अधिवेसनको ३० औं बैठक आज बस्दैछ । दिउँसो २ बजे बस्ने बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्वन्धमा व्यवस्थागर्न बनेको प्रतिवेदन सहितको विधेयक माथी छलफल र पारित गरियोस भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ ।

यही बैठकमा स्थानीय सेवाको गठन सम्वन्धि विधेयक निर्णयार्थ प्रस्तुत गर्ने तयारी छ । हिजो बसेको बैठकमा प्रदेश मामिला तथा कानुन समितिका सभापति दिलकुमारी बुढाले प्रतिवेदन सहितको विधेयक सभामा पेश गर्नु भएको थियो । भदौ ६ गते बसेको प्रदेश सभाको २७ औं बैठकले प्रतिवेदन सहित पेश भएको विधेयकलाई पुनः समितिमा पठाएको थियो ।

प्रदेशसभामा वैशाख ३० गते दर्ता भएको विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाइएको थियो । प्रदेश मामिला तथा कानुन समितिले प्रतिवेदन सहितको विधेयक तयार पार्न ३६ औं बैठक सम्पन्न गरेको र लामो छलफलबाट प्रतिवेदन पुनः सभामा पेश गरिएको हो ।

बैठकमा प्रदेश सभा सदस्यहरुले मसामयिक विषयमा शून्य समय र विशेष समयमा बोल्ने कार्यसूची रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्