पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ

दाङ समाचार
दाङ समाचार २८ भाद्र २०८१, शुक्रबार
1 Min Read
Aa

दाङ – लागूऔषध बिक्री गरेको आरोपमा पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ परेका छन् । पोखरा महानगरपालिका–९ पृथ्वीचोकमा रहेको शुभविहानी पोलिक्लिनिकबाट बिहीबार श्रेष्ठलाई पक्राउ गरिएको हो ।

लागुऔषधसहित पक्राउ परेका युवाले बयान दिएपछि उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहनकुमार थापाले बताए । साउन ३ गते लागूऔषध मुद्दामा प्रकाउ परेका युवाले बयान दिएपछि दिया फार्मेसीका संचालकसमेत रहेका श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले पोखरा महानगरपालिका–२ बाग्लुङ बसपार्कबाट रोल्पाको त्रिवेणी गाउँपालिका–७ स्थायी घर भई हाल पोखरा महानगरपालिका– ४ नालामुख बस्ने ४२ वर्षीय प्रकाश थापा मगरलाई लागूऔषधसहित पक्राउ गरेको थियो ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्