भोटेकोशी नदीमा गाडी खस्यो, बाढीकाे कारण उद्धारमा समस्या

दाङ समाचार
दाङ समाचार २८ भाद्र २०८१, शुक्रबार
1 Min Read
Aa

दाङ – अरनिकाे राजमार्गअन्तर्गत सिन्धुपाल्चोककाे बाह्रबिसे नगरपालिका–६ स्थित बबन्डर टोलबाट गाडी भोटेकोशी नदीमा खसेको छ । शुक्रबार दिउँसाे १ बजेकाे आसपासमा उक्त गाडी नदीमा खसेकाे जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले ।

उनका अनुसार कुन गाडी हाे, कहाँ बाट आएकाे हाे र कता जाँदै थियाे भन्ने कुरा एकिन भएकाे छैन । उनले भने,’ सेताे कलरकाे गाडी छ,घरी टाउकाे देखिन्छ, घरी गाडीकाे टायर देखिन्छ। यसाे हेर्दा बाेलेराेजस्ताे छ।’

३ वटा क्रेनकाे साथमा अहिले नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले गाडी नदीबाट निकाल्ने प्रयास भइरहेकाे छ । नदीमा बाढीकाे कारण उद्धारमा समस्या भएको पनि डिएसपी भट्टलाईले बताए।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्