गुडिरहेको गाडीमाथि पहिरो खस्दा एकको मृत्यु

दाङ समाचार
दाङ समाचार ३० भाद्र २०८१, आईतवार
1 Min Read
Aa

दाङ – ताप्लेजुङमा पिकअपभ्यानमा माथिबाट खसेको पहिरोसहितको ढुङ्गा लाग्दा एक महिला मृत्यु भएको छ। मृत्यु हुनेमा फक्ताङलुङ गाउँपालिका–३ निवासी २६ वर्षीया निर्मला गुरुङ रहेकी प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी विवेक बस्नेतकानुसार फुङ्लिङदेखि फक्ताङलुङ गाउँपालिका जाँदै गरेको मे१ज १३६२ नम्बरको पिकअपभ्यानमाथि फक्ताङलुङ गाउँपालिका – ३ सिवा क्षेत्रमा पहिरोसहितको ढुङ्गा खसेको थियो।

टाउकोमा गम्भीर चोट लागेपछि गुरुङलाई उपचारका लागि जिल्ला अस्पताल लगेकामा चिकित्सकले मृत घोषणा गरेको सूचना अधिकारी बस्नेतले जानकारी दिए।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्