आम आदमी पार्टीकी नेतृ आतिशी मार्लेना बनिन दिल्लीको मुख्यमन्त्री

दाङ समाचार
दाङ समाचार ६ आश्विन २०८१, आईतवार
1 Min Read
Aa

दाङ – आम आदमी पार्टीकी नेतृ आतिशी मार्लेना दिल्लीको मुख्यमन्त्री बनेकी छन् । उनलाई लेफ्टिनेन्ट गभर्नर वीके सक्सेनाले शपथ ग्रहण गराएका छन् ।

तिहाड जेलबाट रिहा भएपछि अरविन्द केजरीवालले मुख्यमन्त्री पदबाट राजीनामाको घोषणा गरेका थिए । त्यसपछि यही साता बसेको व्यवस्थापिका–संसद्को बैठकमा मुख्यमन्त्रीका लागि अतिशीको नाम अनुमोदन भएको थियो ।

आतिशी मार्लेना : कट्टर कम्युनिष्ट परिवारमा जन्म, नाममै छ मार्क्स र लेनिनको मिश्रण आतिशीसँगै कैलाश गहलोत, गोपाल राई, सौरभ भारद्वाज, इमरान हुसेन र मुकेश अहलावतले पनि मन्त्रीको रुपमा शपथ लिएका छन् ।

मुकेश अहलावत मन्त्रिपरिषद्‌मा नयाँ अनुहार हुन् । अरु सबै केजरीवालको क्याबिनेटमा पनि परेका थिए । शपथ ग्रहण समारोहमा केजरीवाल पनि सहभागी भएका थिए ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्