प्रहरी आचरण विपरीत गतिविधि गरेको आरोपमा हेडक्वाटर तानिए डीआईजी

दाङ समाचार
दाङ समाचार ७ आश्विन २०८१, सोमबार
1 Min Read
Aa

दाङ – कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका डीआईजी अर्जुन चन्द ठकुरी हेडक्वाटर तानिएका छन् । मदिरा पिएर प्रहरी आचरण विपरीत गतिविधि गरेको आरोपमा हेडक्वाटर तानेर उनको ठाउँमा नयाँ डीआईजी पठाइएको छ ।

निमित्त आईजी टेकप्रसाद राईका अनुसार आइतबारको मन्त्रीस्तरीय निर्णयबाट डीआईजी ठकुरीलाई हेडक्वाटरको अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ । उनको ठाउँमा अर्का डीआईजी जनक भट्टराईलाई पठाइएको राईले बताए ।

नेपाल प्रहरी शिक्षालय भरतपुरमा डीआईजी राजेशनाथ बास्तोलालाई पठाइएको थियो ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्