देउखुरी बैंकर्सद्वारा निलसागर सेवाश्रममा खाद्यान्न सहयोग

दाङ समाचार
दाङ समाचार १२ आश्विन २०८१, शनिबार
1 Min Read
Aa

दाङ – देउखुरी बैंकर्सले फेरी अर्को पून्यको काम गरेको छ । सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत बैंकर्सले आज शनिबार राप्ती गाउँपालिका- ८ पिपरीमा रहेको निलसागर सेवा आश्रममा खाद्यान्न सहयोग गरेको देउखुरी बैंकर्सका अध्यक्ष तेज बहादुर नेपालीले जानकारी दिनु भयो ।

देउखुरी बैंकर्सका अध्यक्ष तेजबहादुर नेपालीको अध्यक्षता तथा राप्ती गाउँपालिका- ८ का कार्यबाहक वडाअध्यक्ष चम्फा पुनको प्रमुख आतिथ्यता एवम् निलसागर सेवाश्रमका अध्यक्ष गरिवु चाैधरीको विशिष्ट आतिथ्यतामा सहयोग कार्यक्रम भएको हो ।

देउखुरी बैंकर्सका उपाध्यक्ष सागर थापाको स्वागत मन्तव्य रहेको थियो भने देउखुरी बैंकर्सका सचिव देवबहादुर खड्काले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो ।

कार्यक्रममा एनआइसी एसिया बैंक लमही शाखा प्रवन्धक विशालसिंह कार्की, सहयोगी दाता सम्झना मरासिनीले मन्तव्य राख्नु भएको थियो । लक्ष्मी सनराइज बैंक लमही शाखा प्रबन्धक सुजित अर्यालको गत भदौ ३१ गते परेको जन्म दिनकाे उपलक्ष्यमा सहयोग गरिएको हो ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्