मकवानपुर प्रहरीद्वारा करिब आधा किलो सुन पक्राउ

दाङ समाचार
दाङ समाचार १५ आश्विन २०८१, मंगलवार
2 Min Read
Aa

दाङ – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अबैध ४९० ग्राम ८८० मिलिग्राम सुन सहित १ जना मानिसलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा भारत बिहार राज्य फुलबरिया पुर्वी चम्पारण बरेवा बस्ने बर्ष ३४ को सुजित सर्राफ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एसपी विश्वराज खड्काले जानकारी दिनु भयो ।

आज असोज १५ गते प्रहरीले प्राप्त गरेको सूचनाको आधारमा हेटौडा उपमहानगरपालिका – १५ रातोमाटे चेकपोष्ट स्थित बिहान सवा ९ बजेको समयमा बिरगंजबाट हेटौडातर्फ आउँदै गरेको बा.प्र.०३-००१ज ६९६ नम्बरको यात्रुबाहक ईभी माईक्रोलाई चेकजाँच गर्दा उक्त माईक्रोमा सवार भारत बिहार राज्य फुलबरिया पुर्वी चम्पारण बरेवा बस्ने बर्ष ३४ को सुजित सर्राफको शरीर तथा झोला चेकजाँच गर्दा खुट्टाको पैतलाको भागमा कालो टेपले बेरी लुकाई छिपाई राखेको भन्सार छलि ल्याईएको सुन जस्तो देखिने पहेलो धातुको बिस्कुटको आकारको टुक्रा ४ थान, बिस्कुटको सानो टुक्रा १ थान, सिक्री १ थान गरी जम्मा ४९० ग्राम ८८० मिलिग्राम बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एसपी विश्वराज खड्काले जानकारी दिनु भयो ।

सर्राफको साथ बाट बरामद भएको सुनको आजको बजार भाउ अनुसार ६७ लाख ३४ हजार ५४४ रुपैयाँ हुन्छ । बरामद भएको सुन सहित सर्राफलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाउने तयारी भईरहेको । एसपी खड्काले बताउनु भयो ।

एसपी खड्का जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरी प्रमुख भएर त्यहाँ गएको एक हप्ता नपुग्दै सफलता हात परेको छ । देशको शान्ति सुरक्षाका लागि कुनै पनि सम्झौता नगरेर अगाढी बढ्ने उहाँको भनाई छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्