दाङ – राप्ती नदीमा हाम फालेर एक युवा बेपत्ता भएका छन । बेपत्ता हुनेमा राप्ती गाउँपालिका – ७ अनन्तपुरवा निवासी ३२ वर्षीय आशाराम चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
प्रहरीका अनुसार सोमबार बिहान करिब ८ बजेतिर राप्ती गाउँपालिकाको छोट्की सिसहनियाँ र गढवा गाउँपालिकाको महदेवा जोड्ने राप्तीपुलबाट चौधरीले राप्ती नदीमा हाम फालेका हुन । राप्ती पुलबाट हाम फालेको देखेपछी उनका भाईले प्रहरीलाई खबर गरेका थिए ।
जानकारी पाए लगत्तै खोजीकार्य सुरु गरे पनि उनको अवस्था अज्ञात रहेको इलाका प्रहरी गढवाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्