धौलागिरी हिमाल आरोहणका क्रममा ५ जना रसियाली पर्वतारोहीको मृत्यु

दाङ समाचार
दाङ समाचार २२ आश्विन २०८१, मंगलवार
1 Min Read
Aa

दाङ – धौलागिरी हिमाल आरोहणका क्रममा वेपत्ता पाँच जना रसियाली पर्वतारोहीको मृत्यु भएको छ। आइतबार विहान ११ बजेदेखि हराएका ती पर्वतारोहीको मंगलबार उद्धारका लागि पुगेको हेलिकोप्टरसहितको टोलीले मृत्यु भएको पुष्टि गरेको हो।

अलेक्जेन्डर दुशेको, डमित्री शालिलेभोइ, भ्लादमिर चिस्तिकोभ, ओलेग कुर्गलोभ र मिखाइल नोसेन्कोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी भरत श्रेष्ठले जानकारी दिए।

हेली एभरेष्टको हेलिकोप्टरबाट भालेरी सामालोलाई उद्धार गरेर काठमाडौँ लगिएको उनको भनाइ छ। मृतकको पनि शव ल्याउने तयारी भइरहेको डिएसपी श्रेष्ठ बताउँछन्।

पाँच पर्वतारोही सात हजार सात सय मिटरबाट खसेर सात हजार एक सय मिटरमा पुगेका छन्। आइएम ट्रेकिङ एन्ड एक्सपिडिसिनमार्फत उनीहरु तीन हप्ता पहिले धौलागिरीतर्फ प्रस्थान गरेका हुन्।

संसारकै सातौँ अग्लो ८ हजार १६७ मिटर उचाइको धौलागिरी हिमालको शिखरमा पुग्न यो शरदयाममा १४ जना पुरुष पर्वतारोहीले अनुमित लिएका छन्।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्