१०५ किलो ६९ ग्राम लागू औषध गाँजा सहित १ जना पक्राउ

दाङ समाचार
दाङ समाचार ९ कार्तिक २०८१, शुक्रबार
1 Min Read
Aa

दाङ – जिल्ला प्रहरी कार्यालय मकवानपुरले १०५ किलो ६९ ग्राम लागू औषध गाँजा सहित १ जना पक्राउ गरेको छ । कार्तिक ७ गते इलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौडाको नेवारपानी स्थित पुर्व पश्चिम सडकखण्डको रजैया जाने जंगल छेउ बाट उक्त सामान सहित मानिसलाई नियन्त्रणमा ल्याएको हो ।

बागमती प्रदेश ०१-०२५ च ७८७१ नं. को योद्धा पिकअप गाडी र सो गाडी भित्र रहेका हेटौडा – ३ बसामाडी बस्ने बर्ष २४ को पन्चलाल थिङलाई शंका लागि निजको शरीर तथा गाडी समेतको खानतलासी गर्दा उक्त गाडीमा ३ वटा बोरा भित्र रातो प्लाष्टिकले बेरिएको १० वटा पोकामा १०५ किलो ६९ ग्राम लागू औषध गाँजा सहित उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एसपी विश्वराज खड्काले जानकारी दिनु भयो ।

थिङलाई नियन्त्रणमा लिई लागू औषध गाँजा मुद्धा कसुरमा मकवानपुर जिल्ला अदालत हेटौडाबाट ८ दिनको म्याद थपका लागि अनुमती लिई अनुसन्धान कार्य भई रहेको एसपी खड्काले बताउनु भयो । पछिल्लो समययता एसपी खड्का मकवानपुर पुगेसंगै चोरी तस्करी, गुण्डागर्दी गर्नेहरुलाई कडाई गर्दै आउनु भएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्