मन्त्रिपरिषद्‌बाट स्वीकृत नगरी जापान भ्रमणमा गएका मंत्री अधिकारीले आज राजीनानामा दिंदै

दाङ समाचार
दाङ समाचार २१ कार्तिक २०८१, बुधबार
1 Min Read
Aa

दाङ – कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले राजीनामा दिने भएका छन् । मन्त्रिपरिषद्‌बाट स्वीकृत नगरी जापान भ्रमणमा गएका विषय विवादमा परेपछि उनले आज राजीनानामा दिन लागेका हुन् ।

राजीनामा दिनका लागि अधिकारीले केही समयपछि पत्रकार सम्मेलन गर्दैछन् । अधिकारीले नैतिकतामा आधारमा राजीनामा दिन लागेको उनी निकट स्रोतले बताएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले पनि अधिकारीले राजीनामा दिन लागेको जानकारी दिए ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्