त्रिशूली नदीमा ट्रक खस्यो

दाङ समाचार
दाङ समाचार ४ मंसिर २०८१, मंगलवार
1 Min Read
Aa

दाङ – पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका १० खयरघारीबाट एक ट्रक त्रिशूली नदीमा खसेको छ। नवलपरासीबाट काठमाडौँतर्फ जाँदै गरेको लु २ ख २५० नम्बरको ट्रक आज बिहान ५ः५५ बजे त्रिशूली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । दुर्घटना स्थलबाट ३ जनाको जीवितै उद्धार गरिएको छ ।

प्रहरीका अनुसार ट्रक चालक नवलपरासी पश्चिमका २७ वर्षीय आशिष महतो, सहचालक २६ वर्षीय राजु थापामगर र ट्रक धनी खैरहनी नगरपालिकाका ४६ वर्षीय सुरेश गुरुङलाई उद्धार गरिएको हो।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्