देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा एकको ज्यान गयो

दाङ समाचार
दाङ समाचार १० मंसिर २०८१, सोमबार
1 Min Read
Aa

दाङ – देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । ज्यान जानेमा सल्यान बागचौर नगरपालिका-३ हाल तुलसीपुर -९ बेलुवा बस्ने अन्दाजी ३० वर्षका लिलाराम डाँगी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता इश्वर थापाले जानकारी दिनु भएको छ ।

आज बिहान बिहान साढे चार बजे लमही बजारबाटबाट तुलसीपुर तर्फ जाँदै गरेको रा ७ प ४९५४ नम्बरको मोटरसाइकल लमहीको रातो डाडा स्थित प्रहरीको बेरिगेटमा ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा परि गम्भीर घाइते भएका डाँगीको लमही अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रवक्ता थापाले बताउनु भयो ।

मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका -५ न्युरोड बस्ने अन्दाजी २६ वर्षका रोशन विक सामान्य घाइते भएका छन । उनलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्