देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा तीन घाइते

दाङ समाचार
दाङ समाचार ११ मंसिर २०८१, मंगलवार
1 Min Read
Aa

दाङ – देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते भएका छन ।

घाइते हुनेमा लमही नगरपालिका – ४ शान्ति नगर बस्ने २४ वर्षका सुलेमान खान, वर्ष ४० का राज कुमार विक र १८ वर्षिय जगत नेपाली रहेका छन ।

लमही देखि घोराही तर्फ जाँदै गरेका उनिहरु आफै नियन्त्रणमा गुमाएर लमही नगरपालिका -६ बेल्दमारमा दुर्घटनामा परेका थिए ।

उनिहरु रा २ प १५ नम्बरको मोटरसाइकलमा सवार थिए । आज कार्तिक ११ गते बिहान १२ बजेको आसपासमा दुर्घटना भएको थियो ।

घाइतेहरुको अहिले लमही अस्पतालमा उपचार भैरहेको छ । मोटरसाइकल चालक सुलेमानलाई थप उपचारका लागि कोहलपुर मेडिकल कलेज रिफर गरिएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्