मोटरसाइकलको ठक्करबाट लमही नगरपालिकाका एक कर्मचारी घाइते

दाङ समाचार
दाङ समाचार १२ मंसिर २०८१, बुधबार
1 Min Read
Aa

दाङ – मोटरसाइकलको ठक्करबाट लमही नगरपालिकामा कार्यरत एक जना कर्मचारी घाइते हुनु भएको छ ।

घाइते हुनेमा घोराही उपमहानगरपालिका -१५ घर भई हाल लमही नगरपालिकाको सहकारी शाखामा कार्यरत ४० वर्षिया लक्ष्मी सुवेदी रहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिनु भयो ।

आज बुधबार बेलुका साढे चार बजेको समयमा कार्यालय छुट्टी भएर घर आउँदै गर्दा लमही बाट गढवा तर्फ जाँदै गरेको रा ३ प २७४१ नम्बरको मोटरसाइकलले सुवेदीलाई ठक्कर दिएको थियो ।

मोटरसाइकलको ठक्करबाट सुवेदीको शरीरको विभिन्न भागमा चोट लागेको छ, लमही अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि नेपालगन्ज लगिएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक लमही नगरपालिका -५ कोलही बस्ने वर्ष १५ का अजित चौधरीको पनि अनुहार, हात खुट्टामा सामान्य चोट लागि घाइते हुनु भएको छ । सुवेदीलाई ठक्कर दिने मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्