राेल्पामा झोलुङ्गे पुलको पर्खाल भत्किदा एकै गाउँका पाँच मजदूरको मृत्यु

दाङ समाचार
दाङ समाचार १६ मंसिर २०८१, आईतवार
1 Min Read
Aa

दाङ – निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किदा रोल्पामा पाँच जनाको मृत्यु भएको छ । जिल्लाको सुनछहरी गाउँपालिका वडा नम्वर ३ गाजा धारामा निर्माणाधीन झोलुङ्गे पुलको वाल भत्किदा निर्माणमा खटिएका पाँच मजदूरको घटनास्थलमै मृत्यु भएको सुनछहरी गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको विपद् व्यवस्थापन शाखाका अनुसार सुनछहरी गाउँपालिका वडानम्वर–३ का ४५ पुरुष वर्षिय दुजमन परियार, ३२ वर्षिय ओम परियार, २७ वर्षिष आइती परियार, ४० वर्षिया सुत्रिका परियार, ६६ वर्षिय देवीराम परियारको घटना स्थलमै मृत्यु भएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्