दाङ – लमही नगरपालिकाका जनप्रतिनिधि र लमही नगरपालिका भित्र रहेका पाँच वटा सामुदायिक विद्यालयका बालबालिकालाई एक दिने अभिमुखिकरण प्रदान गरिएको छ ।
डिभिजन वन कार्यालय दाङ (देउखुरी ) का सिनियर डिभिजनल वन अधिकृत महेन्द्र राज वाग्ले र वरिष्ठ वन अधिकृत उपेन्द्र अर्यालले वन वातावरण सम्बन्धि, व्यवस्था र वन उद्यमका बारेमा प्रशिक्षण दिनु भएको थियो ।
लमही नगरपालिकाको वन वातावरण तथा विपद व्यवस्थापन शाखा अन्तर्गत ‘समृद्धिका लागि वन’ परियोजना कार्यक्रममा उनिहरुलाई सहभागी गराएर वन वातावरण तथा वन नीति नियमहरुको बारेमा जानकारी गराइएको विपत व्यवस्थापन शाखाकी प्रमुख गायत्री थापाले जानकारी दिनु भयो ।
कार्यक्रममा जनप्रतिनिधि, माध्यामिक विद्यालय फल्कापुर, बालजनता माध्यामिक विद्यालय वनगाउँ, आदर्श नमूना माध्यामिक विद्यालय देउपुर र खीम बहादुर शाह माध्यामिक विद्यालय कोलहीका दस जना छात्र / छात्राको सहभागिता रहेको थियो ।
लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख लक्ष्मी योगीले स्वागत मन्तव्य राख्नु भएको थियो । लमही नगरपालिकाका वन प्राविधिक नारायण रिजालले विषयवस्तु माथी प्रकाश पार्नु भएको थियो भने कार्यक्रमको संचालन वन वातावरण तथा विपद व्यवस्थापन शाखा प्रमुख गायत्री थापाले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्