देउखुरी बैंकर्स लमही दाङद्वारा कर्जाका कर्मचारीहरूलाई १ दिने तालिम प्रदान

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर २२ मंसिर २०८१, शनिबार
2 Min Read
Aa

दाङ – देउखुरी बैंकर्स लमही दाङले कर्जाका कर्मचारीहरूलाई १ दिने तालिम प्रदान गरेको छ । आज शनिबार लमहीमा एक कार्यक्रमको आयोजना गरेर कर्जाका कर्मचारीहरूलाई कर्जा सम्बन्धी काम गर्दा कर्जामा हुने विभिन्न जोखिमहरुलाई न्यूनीकरण गर्नका लागि वित्तीय ज्ञान प्रदान गर्ने उद्देश्यले देउखुरी क्षेत्रभित्र रहेका विभिन्न बैंकका कर्जाका कर्मचारीहरूलाई १ दिने वित्तीय साक्षरता तालिम सञ्चालन गरिएको देउखुरी बैंकर्सका अध्यक्ष तेज बहादुर नेपालीले जानकारी दिनु भयो ।

कार्यक्रममा शाइन रेसुंगा डेभलपमेन्ट बैंक राजपुरका शाखा प्रबन्धक तीर्थ नारायण चौधरी, सिद्धार्थ बैंक लमही शाखाका शाखा प्रबन्धक सुवास शाही, कर्णाली डेभलपमेन्ट बैंक लमही शाखाका शाखा प्रबन्धक तथा देउखुरी बैंकर्सका उपाध्यक्ष सागर थापा, कर्णाली डेभलपमेन्ट बैंक सिसहनिय शाखाका शाखा प्रबन्धक तथा देउखुरी बैकर्सका सचिब देवबहादुर खड्का र सांग्रिला डेभलपमेन्ट बैंक गढवा शाखा प्रबन्धक तथा यस देउखुरी बैंकर्सका अध्यक्ष तेज बहादुर नेपाली लगायत २० जना कर्जाका कर्मचारीहरूको सहभागिता रहेको थियो ।

देउखुरी बैंकर्सकाे उक्त १ दिने तालिम कार्यक्रमको मुख्य प्रशिक्षक चार्टर एकाउन्टेन गुरुप्रसाद पोख्रेल रहनु भएकाे थियो । कार्यक्रममा सम्पूर्ण सहभागिकाे नेतृत्व गर्दै बैकर्सका पूर्व कोषाध्यक्ष हर्क ऐर, सिद्धार्थ बैंक लमहीका शाखा प्रबन्धक सुवास शाही र कार्यक्रमका मुख्य प्रशिक्षक चार्टर एकाउन्टेन गुरुप्रसाद पोख्रेलले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

देउखुरी बैंकर्सका अध्यक्ष तेज बहादुर नेपालीको अध्यक्षतामा भएका कार्यक्रमको संचालन सचिव देव बहादुर खड्काले गर्नुभएको थियो ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्