सडक दुर्घटनामा लमहीकी लिला भुसालको मृत्यु

दाङ समाचार
दाङ समाचार ३ पुष २०८१, बुधबार
1 Min Read
Aa

दाङ – भ्यान र स्कुटर ठोक्किदा दाङमा एक महिलाको मृत्यु भएको छ । घोराही–तुलसीपुर सडकखण्ड अन्तर्गत तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ हात्तिखौवा ओरालोमा भ्यान र स्कुटर ठोक्किदा लमही नगरपालिका वडा नं. ५ कोकही निवासी स्कुटरको पछाडी सवार ५० वर्षीया लिला भुसालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

आज दिउँसो साढे १ बजेको समयमा घोराहीबाट तुलसीपुरतर्फ आउदै गरेको रा १ च १३०० नम्बरको भ्यान र विपरित दिशाबाट जाँदै गरेको रा ७ प ११३५ नम्बरको स्कुटर आपसमा ठोक्किएका थिए ।

दुर्घटनामा परी गम्भीर घाइते भएकी भुसालको उपचारको क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पौने २ बजेको समयमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

दुर्घटनामा परि मृतकका छोरा स्कुटर चालक २७ वर्षीय निमलाल भुसाल घाइते हुनुभएको छ । उहाँको अवस्था सामान्य छ । भ्यान र स्कुटरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्