दाङ – लोकदोहोरी प्रतिष्ठानका पूर्व अध्यक्ष चन्द्रशर्मालाई पितृ शोक परेकाे छ । घोराही उपमहानगरपालिका–१२ रमना निवासी गायक चन्द्र शर्मा र प्रेम शर्मालाई पितृ शाेक परेकाे हाे ।
गायक दुबैका बुवा डण्डुप्रसाद शर्माको ७६ वर्षको उमेरमा निधन भएको छ। उहाँको निधन आज बिहान आफ्नै निवास रमनामा भएको हो। केही समयदेखि दमबाट पीडित उहाँको उपचार हुदै आएको छाेरा चन्द्र शर्माले जानकारी दिनुभयाे ।
लोकदोहोरी क्षेत्रका स्थापित कलाकार चन्द्र शर्मा र प्रेम शर्माका बुवा डण्डुप्रसाद शर्माको निधनले परिवार मात्र नभई सिङ्गो कला क्षेत्रमा समेत शोकको छायाँ छाएको छ।
शर्माको अन्त्येष्टि स्थानीय घोराही उपमहानगरपालिका १२ गुर्जे खोलाको घाटमा धार्मिक विधिपूर्वक आजै सम्पन्न गरिने परिवारले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्