संविधान संशोधनमार्फत दलित शब्द हटाउँः वामदेव गौतम

दाङ समाचार
दाङ समाचार ४ पुष २०८१, बिहीबार
1 Min Read
Aa

दाङ – राष्ट्रिय सभा सदस्य वामदेव गौतमले संविधान संशोधनमार्फत ऐन तथा कानूनहरुबाट दलित शब्द हटाउनुपर्ने बताएका छन्। बिहीबार राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सबै ठाउँबाट दलित शब्द नहटाएसम्म दलित समुदायमाथिको भेदभावको अन्त्य गर्न नसकिने बताए।

छलफल र बहसको थिचोमिचोले छुवाछुत र सामाजिक भेदभाव अन्त्य नहुने उनको जिकिर छ। उनले दलित समुदायमाथि विगत २० वर्षदेखि अन्याय भइरहेको उल्लेख गर्दै सरकारले क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने बताए।

उनले भने, ‘हाम्रो डिक्सनरीबाट दलित शब्द हटाइदिउँ। त्यहाँ छ कि छैन व्यवस्था? छैन भने गरौँ। दलित शब्द आउँछ नै भन्नुहुन्छ भने संविधान संशोधन गरेर भए पनि सबै ठाउँबाट हटाउनुपर्‍यो। एकातिर दलितमाथि भेदभाव भयो, अधिकार हनन् भयो भन्ने भाषाशैली संविधान, ऐन, कानुनदेखि जुनसुकै विद्वानहरुले लेख्ने, दस्तावेजमा पनि दलित समुदाय मात्र भनेको छ। दलित भनेको के? आउँछ। हामीले संविधान बनाउँदा पनि ख्याल गरेनौँ। अब ख्याल भएको छ। त्यो संशोधन हुनुपर्छ। दलित समुदाय भन्ने विषय अन्त्य गर्नुपर्छ।’

बैठकमा बोल्ने अधिकांश सांसदहरुले दलित समुदायको अधिकार र विकाससम्बन्धी विधेयक छिटो ल्याउनुपर्ने माग राखेका थिए।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्