अटो रिक्सा दुर्घटना हुँदा देउखुरीमा एक जनाको मृत्यु

दाङ समाचार
दाङ समाचार १० पुष २०८१, बुधबार
1 Min Read
Aa

दाङ – अटो रिक्सा दुर्घटना हुँदा देउखुरीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राजपुर गाउँपालिका–३ भैसहवा निवासी वर्ष ५० का तुलाराम विक रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी इश्वर थापाले जानकारी दिनु भयो ।

बुधबार दिउँसो गढवा गाउँपालिका–५ कक्रहवास्थित गढवा कोइलावास सडकखण्डमा भएको दुर्घटनामा परेर अन्य दुईजना पनि घाइते भएको प्रहरीले जनाएको छ । कोइलावासतर्फ जाँदै गरेको रा १ ह ५९०४ नम्बरको अटो अनियन्त्रित भई दुर्घटना भएको थियो ।

दुर्घटनामा परेर राजपुर गाउँपालिका–३ भैसहवा निवासी वर्ष ५० का तुलाराम विकको उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।
विकको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा दिउँसो साढे तीन बजे उपचारका क्रममा मृत्यु भएको हो ।

उक्त दुर्घटनामा घाइते भएका सोही ठाउँका अन्दाजी ४० वर्षीया वसन्ती विकको लमही अस्पतालमा र राजपुर–४ का अन्दाजी वर्ष ३६ का प्रेमचन्द्र यादवको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।

अटो चालक राजपुर गाउँपालिका–तीन भैसहवा निवासी वर्ष ४० का मदन विक प्रहरीको नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्