दाङ – मकवानपुरमा बाघको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ । मकवानपुर प्रहरीका अनुसार मकवानपुरको मनहरी गाउँपालिका–५, बसन्तपुरमा बाघको आक्रमणबाट ७२ वर्षीया कान्छीमाया रुम्बाको मृत्यु भएको हो ।
आइतबार साँझ घर नजिकै घाँस काट्न गएकी रुम्बाको टाउको र पेटमा केहि भाग बाघले खाएको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । घाँस काट्न गएकी उनी अबेरसम्म घर नफर्किएपछी आफन्तले खोजि गर्ने क्रममा घरदेखि ५ सय मिटर टाढा शव फेला परेको हो ।
मनहरी गाउँपालिका पर्सा राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रको रुपमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्