प्रतिनिधि सभाको सचिवमा झापाका हर्कराज राई नियुक्त

दाङ समाचार
दाङ समाचार १६ पुष २०८१, मंगलवार
1 Min Read
Aa

दाङ – प्रतिनिधि सभाको सचिवमा झापाका हर्कराज राई नियुक्त भएका छन्। सभामुख देवराज घिमिरेले आइतबार गरेको सिफारिका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा १०६ बमोजिम राईलाई प्रतिनिधिसभाको सचिव नियुक्त गरेका हुन्।

झापाको शिवसताक्षी– २ निवासी राईले सार्वजनिक प्रशासनमा एमफिल, राजनीति शास्त्र तथा ग्रामीण विकासमा स्नातकोत्तर र अंग्रेजी साहित्य तथा पत्रकारितामा स्नातक गरेका छन्। राई भौतिक पूर्वाधार तथा यातायातामन्त्री देवेन्द्र दाहालको सहयोगीका रुपमा रहँदै आएका थिए।

प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले २०८१ मंसिर ९ गते राजीनामा दिएपछि पद रिक्त थियो । उनी नियुक्तिको पाँच महिनामै राजीनामा दिएर हिडेपछि राईले अवसर पाएका हुन्।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्