राजधानी क्षेत्रमा शैक्षिक गतिविधि बढ्नु प्रदेशकोलागि सुखद- सभामुख घर्ती

दाङ समाचार
दाङ समाचार १९ पुष २०८१, शुक्रबार
2 Min Read
Aa

दाङ – लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले प्रदेश राजधानी क्षेत्रमा शैक्षिक गतिविधि बढ्नु प्रदेशकोलागि सुखद कुरा भएको बताउनु भएको छ । शैक्षिक क्षेत्रको विकास प्रदेशको प्राथमिकतामा रहेको उल्लेख गर्दै उहाँले नागरिकलाई सचेतीकरण गर्न शिक्षा क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउनु भयो ।

गोरखा मोडेल सेकेन्डरी स्कुल लमहीको वार्षिकोत्सव तथा अभिभावक भेलालाई सम्वोधन गर्दै सभामुख घर्तीमरले व्यवहारिक र बैज्ञानिक शिक्षा अहिलेको आवश्यकता रहेको औंल्याउनु भयो । देउखुरीमा उच्च शिक्षामा सुधार हुन थालेको प्रति खुसी ब्यक्त गर्नुभयो । ‘देउखुरीले राजधानी पायो यो यस क्षेत्रको लागि ठूलो सौभाग्य पनि हो ।

अव राजधानी क्षेत्रसंग जोडिएका पूर्वाधार संगै अन्य क्षेत्रको विकास समान ढंगले अघि बढ्दै गएका छन’उहाँले भन्नुभयो,‘नागरिकमा आशा जगाउने र विश्वासको वातावरण गर्ने काम तपाई हामि सबैले गर्न जरुरी छ ।’ लुम्बिनी प्रदेशसभाबाट शिक्षा क्षेत्रलाई सधै सकरात्मक हिसावबाट हेरिएको जानकारी दिदै सभामुख घर्तिले प्रदेशसभाबारे परिचय गराउन यस्ता कार्यक्रमलाई आफुले महत्वपूर्ण अवसरको रुपमा लिएको पनि बताउनुभयो ।

विद्यालय संचालक समितिका अध्यक्ष गोरखा ग्रुप तथा विद्यालयका संस्थापक अध्यक्ष मानवहादुर बुढाको अध्यक्षतााम भएको कार्यक्रममा विद्यालयले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कृत गरको थियो । कार्यक्रममा विद्यार्थीले विज्ञान तथा हस्तकला प्रदर्शनी प्रदर्शन गरेको थिए । गोरखा ग्रुपका कार्यकारी प्रमुख नवलसिङ्ग घर्तीले स्वागत मन्तब्य ब्यक्त गर्दै युग सुहाउँदो शिक्षा प्रदान गर्न गोर्खा स्कुल प्रतिबद्ध रहेको बताउनु भयो ।

शैक्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्दै लमही गोरखाका प्राचार्य लोकमान रिजालले गोर्खाका तीन बिद्यालयमा झन्डै १० हजार बिद्यार्थी अध्ययनगरीरहेको, विभिन्न परिक्षामा उच्कृष्ट नतिजा हाँसिल गरेको जानकारी गराउनु भएको थियो । कार्यक्रममा राष्ट्रिय वोर्डका कार्यालय प्रमुख कमल अर्याल लगायतले सम्वोधन गर्नु भएको थियो । कार्यक्रमको सहजीकरण शिक्षक प्रकाश वली र शिला रिजालले गर्नु भएको थियो ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्