दाङ – लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्था लमहीको २० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाले आज शनिबार लमहीमा एक कार्यक्रमको आयोजना गरेर सभा सम्पन्न गरेको हो ।
वार्षिक साधारणसभालाई सम्बोधन गर्दै खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङका प्रमुख तिलक न्यौपानेले संस्था चलाउन आर्थिक पारदर्शिता हुन जरुरी रहेको बताउनु भयो । साथै निष्पक्षता र समन्यवकारी भूमिका पनि महत्वपूर्ण पक्ष हो’- उहाँले भन्नु भयो । लमही खानेपालीले अत्यन्तै कष्टकर यात्रा गर्दै २० वौं वर्ष पार गरेको सुखद अवसरमा एक घर एक धारा भन्ने राज्यको नीति भएकोले सबै उपभोक्ताको घरमा खानेपानीको धारा जोडिएको छ छैन यो कुराको पूर्ण जानकार हुन आवश्यक छ’- न्यौपानेले भन्नु भयो ।
अहिले पनि दाङमा ४४ प्रतिशत उपभोक्ता खानेपानीको पहुँच भन्दा बाहिर रहेको उहाँले बताउनु भयो । सबैले धारा जोड्ने अनि बल्ल योजना माग गर्दा हामीलाई पनि योजनाको काम गर्न सहज हुन्छ नत्र भने योजना माग मात्र हुने काम गर्न नसकिने पनि हुन्छ’- उहाँले भन्नु भयो ।
कार्यक्रममा भालुवाङ खानेपानीका कोषाध्यक्ष चन्द्र प्रकाश आचार्य, घोराही खानेपानीका वरिष्ठ उपाध्यक्ष भरतमणी पाण्डे, तुलसीपुर खानेपानीका अध्यक्ष यमकान्त भण्डारी, प्रगतिनगर शहरी खानेपानीका अध्यक्ष भरत प्रसाद पाण्डे, होटल व्यवसायी संघ लमहीका अध्यक्ष नारायण प्रसाद भुसाल, लम्की खानेपानीका अध्यक्ष तेज बहादुर चलाउने, लमही खानेपानीका पुर्व अध्यक्ष कर्ण बहादुर बुढाथोकी, विम बहादुर केसी, पत्रकार राधेश्याम गुप्ता, राष्ट्रिय जनमोर्चा लमहीका अध्यक्ष हरि बहादुर थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका शोभाकर घिमिरे, नेकपा एकीकृत समाजवादीका वीर बहादुर केसी, रास्वपा दाङ -१ का सभापति मोहन आचार्य, नेकपा माओवादीकेन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य बसन्तराज शर्मा, नेकपा एमाले दाङ -१ का क्षेत्रीय उप संयोजक धुप नारायण चौधरी, नेपाली काङ्ग्रेस दाङ – १ का सहसचिव प्रकाश कुमार जिसी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
वार्षिक साधारणसभामा उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै संस्थाले तीन कर्मचारीलाई सम्मान गरेको छ । सम्मान हुनेमा मिटर रिडर तुलसीराम चौधरी, लेखा शाखाकी सुबर्णा चौधरी, पलम्बर सितराज चौधरीलाई सम्मान पत्र सहित सम्मान गरिएको हो । सो क्रममा लमही खानेपानीका उपभोक्ता पिताम्वर गैरेले पानीको महत्त्व सम्बन्धि कविता वाचन गर्नु भएको थियो ।
लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्था लमहीका अध्यक्ष जंग बहादुर चौधरीको अध्यक्षता तथा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङका प्रमुख तिलक न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपाध्यक्ष सीतादेवी चौधरीले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको संचालन सचिव वसन्त आचार्यले गर्नु भएको थियो ।
यो संगै आजदेखि लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष जंग बहादुर चौधरी सहितको कार्यसमितिका पदाधिकारीको समयावधि सकिएको छ । लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा सर्वसम्मत नयाँ नेतृत्व चयनमा सहमति नभएपछि मनिराम केसीको संयोजकत्वमा तीन जना निर्वाचन मण्डल गठन गरिएको छ। जसको सदस्यमा भेषराज पोख्रेल र भानु जोशी रहनु भएको छ । सोहि निर्वाचन मण्डलले निर्वाचन कहिले गर्ने भनेर भोलि आइतबार नै बैठक राखेको र बैठक पछि समयको निर्धारण गर्ने निर्वाचन मण्डलका संयोजक मनिराम केसीले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्